काठमाडौं । सरकार विरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेकाे भन्दै पूर्वसचिव भीम उपाध्यायमाथि मुद्दा दर्ता भएको छ । उनी माथि साइबर क्राइमको मुद्दा दर्ता भएको हो ।
आइतबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको बताइएको छ । उपाध्यायलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतले जनाएको छ ।
गएको बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा पक्राउ गरेको थियो ।









