
काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा मालोर्कासँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा नयाँ टिम मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको सातौं मिनेटमा नै लोगो जुनियरले गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए । उनको यहि गोल जितका लागि निर्णयक बन्यो ।
गोल फर्काउने मौका पाएको भएपनि रियलले अन्तिम समयसम्म गोल गर्न सकेन ।











