धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती सिल


काठमाडौं । विहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँ सिल गरिएको छ । ज्वरो र सास फेर्न गाह्रो भएपछि उपचारका लागि धुलिखेल अस्पताल ल्याएकी महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोनाको डरले उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको बताइएको छ ।

स्थानीय प्रशासनका अनुसार ती वडाबाट आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । मृतक महिला  कोरोनाको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको बताइएको छ ।

महिला सुत्केरी भएकाले उनका माइती गाउँका आफन्त र महिलाहरु उनलाई भेट्न गएका थिए । त्यस्तै महिलाको चेकजाँच गरिएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार