
काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकले विशेष गरी लकडाउनको मोडालिटीको विषयमा छलफल गर्नेछ ।
लामो समयदेखि लकडाउनको मोडालिटीमै अल्झिएको सरकारले आज लकडाउनको मोडालिटी टुंगो लगाउने छ ।
सरकारले विश्वर फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको समय जेठ ३२ गते सकिदै छ ।
साढे दुई महिना लामो लकडाउनले दैनिक ज्याला मज्दुरी गरेर खाने कामदारलाई निकै समस्या भएको छ । उनीहरुको समस्यालाई मध्येनजर गर्दै अब लकडाउन केही खुकुलो बनाउने कि भन्ने पनि सरकारले नीति लिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ । कोरोनाको महाकारीका बेलो नागरिकको दैनिक जिवनयापनमा सहता ल्याउनका लागि यसअघि पनि लकडाउन केही खुकुलो बनाउने विषयमा छलफल भएको थियो ।
यसैको आधारमा रक्षा मन्त्रालयले विभिन्न विज्ञसँग छलफल गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेको छ ।












