
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा मंगलबार दिइएको जानकारी अनुसार आज थपिएका संक्रमितमध्ये महिला ९० र पुरुष ४४८ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनकाअनुसार झापा, सुनसरी, मोरङ, सप्तरी, महोत्तरी, बारा, अछाम, अर्घाखाँची, बागलुङ, बझाङ, बाजुरा, डडेल्धुरा, धादिङ, गोर्खा, गुल्मी, कैलाली, कंचनपुर, कास्की, नवलपरासी, पर्वत, रौतहट, प्युठान, रुपन्देही, सर्लाही, सिराहा, स्याङझा, तनहुँ, धनुषामा नयां संक्रमितहरु भेटिएका हुन ।
योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ९९ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।












