अब नेपाली सेनाको कमाण्ड शर्माको हातमा


काठमाडौं । नेपाली सेनाको कमाण्ड अब बलाधिकृतरथी प्रभुराम शर्माले सम्हाल्ने भएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले
शर्मालाई आज एक कार्यक्रमकाबीच सङ्गठनको कमाण्ड हस्तान्तरण गरेपछि शर्माले अब सेनाको कमाण्ड सम्हाल्ने भएका हन् ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित बिशेष कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझबुझारत गरेका हुन् ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भोलीदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकेपछि थापाले आज कमाण्ड सुम्पेका हुन्। सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् भोलीदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

कायममुकायम जिम्मेवारी तोकिएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएअनुसार शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार