
काठमाडौं । नेपालमा सलह किरा भित्रिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आकस्मिक बैठक डाकेको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएपछि त्यसबारे छलफल गर्न मन्त्रालयद्धारा आज दिउँसो १ बजेपछि अनलाइन बैठक डाकिएको मन्त्रालयका प्रवक्ता सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए ।
शनिवार विहान बारा, पर्सा जिल्लाका विभिन्न गाउँहरुमा सलह किरा देखिएको बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले बताए ।

(बारा र पर्सामा शनिवार देखिएको सलह किरा)
यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति समेत गठन गरेको थियो।
अफ्रिकी देशबाट आएको सलह किरा इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुदै नेपालको मधेसमा भित्रिएको छ ।
सलहले अन्नवालीलाई क्षणभरमै सखाप पार्ने गर्द । एकातिर कोरोनाले थिलथिलो हुँदै गएको परिप्रेक्षमा सलक किरा समेत आएर खेलबारीमा लगाइएको अन्नबाली सखाप पार्ने भएपछि थप संकट आउने देखिन्छ ।










