
काठमाडौँ । केही दिन पहिले काठमाडौंको कमलादीमा प्रहरीले फेला पारेको सुन र सुनजस्तै पहेंलो धातुको घटना रहस्यमय बन्दै गइरहेको छ । प्रहरीले अनुसन्धान गर्दै जादा एक पछि अर्को रहस्य खुल्दै गएपछि घटना रहस्यमय बन्दै गएको हो ।
घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित उनकै डेरामा सुन जस्तै देखिने एक पँहेलो धातु बरामत गरेको छ ।
सो धातु परिक्षण गर्न पठाइएको प्रहरीले जनाएको छ । जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।
त्यस्तै प्रहरीले सुन प्रकरणमा तीन जनालाई नवलपरासीबाट पक्राउ गरेको थियो भने सुन बोक्ने गाडी काठमाडौंमा फेला पारेको थियो ।













