
डोटी । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृ’त्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस जिल्लाको पूर्वीचौकी गाउँपालिका २ फुलौटमा आज बिहान दुर्घना भएको हो ।
दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भने हुन सकेको छैन । अहिले दुर्घटनामा परेकाहरुको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
बसमा भारतबाट फर्किएका मजदूरहरु थिए । अहिलेसम्म बसमा कति जना थिए भन्ने एकिन भएको छैन् ।










