बाजुरामा बाढीले बस्ती नै बगायो, तिन दिनदेखि सम्पर्कविहीन बस्तीको उद्धारका लागि प्रयास जारी


बाजुरा । लगातारको वर्षाका कारण आएको बाढीले बाजुरामा बस्ती नै बगाएको छ । बाढीले जिल्लाको गौमूल गाउँपालिका १ र ३ का स्थानीय बसोबास गर्ने सीमको पुरै बस्ती  बगाएको हो ।

बाढीले बगाएको बस्तीमा जान सकिने ठाउँ र फोन सम्पर्क नहुँदा बस्ती नै सम्पर्कविहीन भएको छ । अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार मानविय क्षती नभएपनि २० वटा परिवारको बसोबास रहेको बस्ती नै बगाएर बगर बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन् ।

बस्तीमा जानका लागि एउटै झोलुङ्गे पुल भएको र पुल बुढीगंगा नदीमा आएको बाढीले बगाएकाले  उद्धारका लागि गएको गाउँपालिका र प्रहरीको टोली बीचबाटो बाटै फर्किएको छ । सोमबार राति आएको बाढीले बस्ती बगाएकाले तिन दिनसम्म पनि उद्धार गर्न सकिएको छैन् ।

उद्धारका लागि एउटै विकल्पन हेलिकप्टर मात्रै छ । अहिले पनि पानी परिरहेको र कँहिरो लागेकाले हेलिकप्टर पनि बस्ने ठाउँ नभएको उपाध्यक्ष थापाले बताएकी छन् । उनले भनिन्, ‘हिजो पनि हामीले प्रयास गरौं सकेनौं, अहिले पनि म हेलिकप्टर बस्ने ठाउँ हेर्दै छु, पानीसँगै कुँहिरो लागेकाले हेलिकोप्टर बस्न समस्या भइरहेको छ ।’

उद्धार टोली र फोन सम्पर्क नहुँदा अहिलेसम्म  बाढीले कति क्षती भयो भन्ने एकिन विवरण आउन सकेको छैन् । त्यस्तै बाढीले जिल्लाका अन्य ठाउँमा पनि बस्ती बगाएर ठूलो क्षती गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार