स्वास्थ्य प्रमुखलाई कोरोना देखिएपछि, आकस्मिक बोहकका सेवा बन्द


मनाङ । मनाङमा स्वास्थ्य कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ कार्यालयमा कार्यरत प्रमुखलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य प्रमुखलाई कोरोना देखिएपछि मनाङ स्वास्थ्य कार्यालयले आकस्मिक बोहकका सबै सेवा बन्द गरेको छ । उनलाई कसरी र कहाँबाट कोरोना देखियो भन्ने विषय पत्ता लगाउन सेवा बन्द गरिएको बताइएको छ ।

त्यस्तै मनाङमा एक जना शिक्षकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार