
काठमाडौं । को रोना सं क्रमणबाट पोखरा र वीरगञ्जमा थप तीन जनाको मृ त्यु भएको छ । पोखरामा एक र वीरगञ्जमा २ गरी तीन जनाको मृ त्यु भएको हो ।
पोखरा ११ की ३२ वर्षिया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलसन कक्षमा आज बिहान मृत्यु भएको छ । उनलाई भदौ ७ गते को रोना सं क्रमण पुष्टि भएको थियो ।
त्यस्तै वीरगञ्जमा पनि कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका ४ हर्दिया बस्ने २३ वर्षीया महिला रहेकी छन् ।
हर्दियाकी २३ वर्षीया सं क्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा भएको चिकित्सकले बताएका छन् । उनलाई भदौ ८ गते सास फेर्न गाह्रो भएपछि नारायणी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।










