पोखरा र रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु १२ भाद्र २०७७, शुक्रबार १४:०७ काठमाडौं । पोखरा र रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ४ का ६० वर्षीय पुरुष र पोखरा १६ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरु दुबै जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको बताइएको छ ।