कालिकोटको नाग्मा बजारमा पहिरो जाँदा ४ को ज्यान गयो, एकको अवस्था गम्भिर

(Symbolic picture)

कालिकोट । कालिकोटमा पहिरो जाँदा ४ जनाको ज्यान गएको छ भने दुईजनाको जिवितै उद्धार गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्मा बजारमा आइतबार आएको पहिरोले पुरेर एकै परिवारको ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा शुभकालिका गाउँपालिका घर भएका ४० वर्षीया प्रयास शाही, उनका ५ वर्षीय छोरा निराजन, ७ वर्षीया छोरी हिमा र दुई महिनाको अर्को छोरा अकल रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरोबाट तिलागुफा नगरपालिका–३ बस्ने वर्ष १३ का अर्जुन हमाल र जुम्ला हिमा गाउँपालिका घर भएकी ३५ वर्षीया पुन्या शाहीको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबावु ओलियाले बताए ।

घाइते अवस्थामा उद्धार गरिएका उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । पहिरोमा परी घाइते भएकी शाहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार