कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।  पोखरा र वीरगञ्जमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष र वीरगञ्जको नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको डुमरवाना १४ की ५५ वर्षीय महिला रहेकी छन् ।

उनीहरु दुबै जना कोरोना संक्रमणपछि उपचाररत रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार