
भारत । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जल मार्फत आज जानकारी गराएका छन् ।
ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका उनले लेखका छन्, ‘मलाई कोराना संक्रमण पुष्टि भएकाले पछिल्लो एक सातायता मेरो सम्पर्कमा आएका सबैलाई सेल्फ आइसोलेशनमा बसेर कोरोना परीक्षण गर्न अनुरोध गर्दछु ।’
८४ वर्षीय मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।









