एम एन ओद्वारा बागलुङका बाढी पीडितलाई राहत हस्तान्तरण


बागलुङ । बागलुङका बाढी पीडितलाई मंगोल नेशनल अर्गनाइजेसन (एम एन ओ) ले राहात वितरण गरेको छ । जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नम्बर ७,८ र ९ मा गत भदौ महिनाको १७ गते गएको बाढीले जनधनको क्षति भएक पीडित परिवारलाई एमएनओले राहात सामाग्री वितरण गरेको हो ।

एमएनओको जिल्ला सभाको टोलीले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी पीडितलाई भेटेर राहत हस्तान्तरण गरेको सभाका अध्यक्ष अनुप बुढा मगरले बताए ।

उनका अनुसार राहतमा पुर्ण क्षति र मृतक परिवारलाई प्रत्येक घरधुरी १र१ थान पि फर्म, ब्लाङ्केट र तन्ना वितरण गरिएको छ। राहत पुर्ण क्षति तर्फ १०५ घर मध्य ९० घरधुरीमा र मृतक तथा बेपत्ता ३७ जना मध्ये १६ घरलाई उक्त राहात हस्तान्तरण गरिएको हो ।

राहात वितरण कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. ९ का वडाध्यक्ष हरिवहादुर घर्ती मगर, ८ नं. वडा अध्यक्ष नन्दे सुनार र वडाका जनप्रतिनिधि साथै समाजसेवी कुशल विश्वकर्माको सक्रिय भुमिकामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा एमएनओका जिल्ला सभा अध्यक्ष बुढा मगर, कोषाध्यक्ष मौसमी घर्ती मगर, सदस्य पुर्ण श्रीपाली, मित्र बहादुर मगर, तुलबहादुर घर्ती मगर, सीता पुन मगर र प्रमिला घर्ती मगरको उपस्थिती थियो ।

उक्त बाढी परी ३७ जना बेपत्तामध्ये २२ जनाको शव फेला परेको छ भने अन्य १५ जना अझै बेपत्ता रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार