जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित


पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित भएको हो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले आफ्नो पार्टीका सांसद शाही सम्पर्कविहीन भएको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् । उनले सांसद शाही सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिँदै प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार