
काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहरबाट नागरिक आक्रान्त छन् । दिनदिनै संक्रमित र मृत्यु दर बढिरहेका खबरले आम नागरिकमा थप चिन्ता थपिएको छ । तर, कोरोना निको हुनेको संख्या पनि बढिरहेको छ, जुन सकारात्मक खबर हो ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको अपडेटअनुसार मंगलबार ५ हजार बढिले कोरोना जितेका छन् । मन्त्रालयकाअनुसार मंगलबार निको हुनेको संख्या ५हजार २सय २५ रहेको छ । यससँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५.५ प्रतिशत रहेको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । (File Photo)












