
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति गृह मन्त्रालयले गम्भीर आपत्ति प्रकट गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।
“छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको आँच आउने गरी नाराबाजी गर्ने,जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृहमनत्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ”, जारी विज्ञप्तिमा भनिएको।
दार्चुलाका जयसिंह धामी बेपत्त्ता घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धन दल नेकपा ९एकीकृत समाजवादी० को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।
धामीको घटनामा सरकारले आवश्यक कदम चाल्न आनाकानी गरेको र नेपाली आकासमा बिना अनुमती भारतीय सुरक्षाकर्मीको हेलिकोप्टर उठेको बिषयमा सरकार चुप लागेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।








