भारत आठौं पल्ट साफ च्याम्पियनसिपको विजेता, नेपाल पराजित

काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको आठौं पटक च्याम्पियन बनेको छ । नेपाल र भारतबीच शनिवार राती सम्पन्न फाइनल खेलमा भारतले ३–० जित्दै विजेताको ट्रफी उचालेको हो ।

माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा पौने नौ बजेबाट सुरु भएको खेलको पहिलो हाफ बराबरीमा सम्पन्न भएको थियो । खेलको दोस्रो हाफमा भारतले एक मिनेटमा दुई गोल गर्दै अग्रता लियो ।

दोस्रो खेलमा दवाबमा रहेको नेपालले पटक पटक गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन् ।

मैदानमा वर्षाका बीच भएको खेलको दोस्रो हाफमा भारतका तर्फबाट क्याप्टेन सुनील क्षेत्रीले ४९ औं मिनेटमा गोल गरे । साफमा उनको यो भारतका लागि ८० औं गोल रह्यो । खेलका ५०औं मिनेटमा भारतका सुरेश सिंहले दोस्रो गोल थपेपछि नेपाली टिम केहि आत्तिएका देखिन्थे । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरेसंगै भारत विजेता बन्यो ।

आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । नेपाका तर्फबाट रोहित चन्द र किपर किरण चेम्जोङले उत्कृष्ट प्रर्दशन गरेका थिए । फाइनल खेलमा नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफले प्रतिबन्ध गरेपछि खेलाडीमा एकखालको मनोवैज्ञानिक असर परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार