टी–२० विश्वकपमा बहुप्रतिक्षित भारत र पाकिस्तान आज भिड्दै

काठमाडौं । यूएईमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दैछन् । खेलमा वहुप्रतिक्षित मानिएको भारत र पाकिस्तानबीच भिडन्त क्रिकेट प्रेमीका लागि महत्वपुर्ण बन्नेछ।

आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ ।सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

कोरोना महामारीका कारण भारतमा हुनुपर्ने विश्वकप यूएई र ओमानमा सारिएको हो । ओमानमा पहिलो चरणको एउटा समूहको खेल भएको थियो । सुपर १२ पछि भने सबै खेल यूएईको तीनवटा मैदानमा खेलाइँदै छ ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् । टी-२० मा भने यी दुई टोली २०१६ को विश्वकपमा भिडेका थिए । दुवै खेल भारतले जितेको थियो ।

त्यस्तै आज हुने दोस्रो खेलमा ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार