
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबै सरकारबाट केपी ओली आउट भएको बताएका छन् ।
अध्यक्ष ओलीको अहँकारका कारण संघीय र प्रदेश सरकारमा एमालेको सहभागिता शुन्य भएको अध्यक्ष नेपालले बताए ।
अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौं जिल्ला समितिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीकै ब्यक्तिवादी प्रवृती र अहँकारका कारण एमाले सबै सरकारबाट हट्नु परेको बताएका हुन् ।
उनले एमालेको ओरालो लाग्ने यात्रा सुरु भएको भन्दै आफ्नो पार्टीको विजयी यात्रा सुरु भएको समेत बताए ।
‘हाम्रो पार्टीको विजय यात्रा सुरु भएको छ । केपीको पार्टीको सबै उधोगतीको यात्रा, ओरालो लाग्ने यात्रा, अब त शुन्य भइसक्यो । केन्द्रमा पनि मन्त्री छैनन्, प्रदेश पनि छैनन्, सबै ठाउँबाट आउट’, अध्यक्ष नेपालले भने ।
हिजोको दिनमा आफुलाई एमालेमा ढोका बन्द भन्ने गरेका ओली सबैतीरबाट आउट भएको उनको भनाई थियो ।
‘हिजो हामीलाई भन्थे एमालेमा अब ढोका क्लोज, माधव नेपाल आउट, सब आउट । अहिले अब सबै ठाउँको सरकारबाट केपी ओली आउट भइसक्या छन् । त्यसैले धेरै फुर्ती नदेखाए हुन्छ’, अध्यक्ष नेपालले भने ।
उनले छिट्टै चुनाव हुने कुरा झुटो प्रचार भएकाले त्यसमा विश्वास नर्गन कार्यकर्ताहरुलाई आग्रह समेत गरे । साइबर स्यालहरुले लेखेको कुरामा चिन्ता गरेर नबस्न आग्रह गर्दै उनले तत्काल कुनै चुनाव नहुने प्रष्ट पारे ।
‘झुटो प्रचारमा तपाइहरु नर्पनुहोला, कुनै भ्रममा नर्पनुहोला । साइबर स्यालहरुले के लेख्छन् त्यो हेरेर टाउकोमा हात राखेर नबस्नुहोला । चिन्तित भएर फोन नगर्नुहोला । ‘कमरेड केहो त, यो सरकार टिक्दैन् पो भन्छन्, छिट्टै पो चुनाव हुन्छन भन्छन् ।’ सबै भ्रम हो । अहिले कुनै चुनाव हुँदैन्, लोकल चुनाव हुन्छ । तर संघीय चुनाव अहिले हुँदैन्’, अध्यक्ष नेपालले भने ।
भिडियो पनि हेर्नुहोस














