म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३ हजार १२३ मत प्रापत गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २ हजार ५४८ मत पाइन् ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगरले २ हजार ८१२ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी प्रगती कार्कीले २ हजार ६१८ मत ल्याइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार