दुबईबाट आएका एक युवकमा मंकीपक्सको आशंका, टेकु अस्पतालको निगरानीमा उपचार

 

काठमाडौं । एक युवकमा मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । बिहीबार दुवईबाट आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि आशंका गरिएको हो ।

उनलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको छ । २७ वर्षीय ती युवामा लगातार एकसय चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । ती युवाको शरीर र हातमा आएको फोका मंकीपक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार