
काठमाडौं । काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप आज दिउँसो केन्द्रिय कारागार सुन्धाराबाट रिहा भएका हुन् । उच्च अदालत, पाटनले हिजो २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्नु भन्नु आदेशअनुसार उनले सो रकम नगद तिरेर रिहा भएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।




तस्बिर: केपी अनमोल









