काठमाडौं । नेपालकै पहिलो सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा राजदूत बन्ने भएकी छन् । उनी स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी हुन् ।
सोमबार बसेको संसदीय सुनुवाई समितिले शेर्मासँगै अन्य तीन जनालाई पनि राजदूतमा अनुमोदन गरेको छ ।
नेपालीको कुटनीतिक मामिलाबारे जानकारी नै नराख्ने मान्छेलाई प्रधामन्त्री ओलीको आग्रहमा राजदूत बनाउदा प्रधान्मन्धीको चर्चा समेत भएको छ । प्रधानमन्धी ओलीले आङछिरिङसँगको सम्बन्धका कारण उनलाई राजदूत सिफारिस गरेका हुन् ।
भरखरै अमेरीकामा पढाई सकेर आएकी शेर्पा अहिले पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।













