मृतक सिंहका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सर्लाहीका सरोजनारायण सिंहका परिवारलाई १० लाख दिने निणर्य गरेको छ । प्रहरीसँगको झडपमा परी मृत्यु भएका सिंहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख दिने निर्णय गरिएको हो ।

बिहिबार सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय गरिएको जानकारी गराएका छन् ।

मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बताएका छन् । त्यसैगरी घटनामा घाइते भएकाहरुको उपचारका लागि सरकारले व्यवस्था गर्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार