मन्त्रीमण्डल हेरफेरमा लेनदेन भयो : प्रभू साह

काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले ९ जना मन्त्रीलाई हटाए र नयाँ मन्त्री बनाएका छन् भने केहिको काम साटेका छन् ।

सरकारले मन्त्रीमण्डल हेरफेर गरेको प्रति नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले विरोध जनाएका छन् । उनले यो मन्त्रीमण्डल हेरफेर लेनदेका आधारमा गरेको पनि बताए ।

कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा हेरफेर गरेको आरोप लगाएका छन् ।

उनले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको कार्यशैलीले आफुलाई लज्जित बनाएको पनि बताएका छन् । साथै अहिलेको नयाँ हेरफेर गरिएको मन्त्रीमण्ल प्रभावकारी नभएको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार