अब १४औं साग कहाँ गर्ने निर्णय भयो ?


काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) १३ औं संस्करण नेपालमा भव्य रुपमा समापन हुनै लाग्दा सागको १४औं संस्करण कहाँ गर्ने भन्ने निर्णय भएको छ ।  साथको आगामी १४औं संस्करण पाकिस्तानमा हुने भएको छ ।

साउथ एसियन ओलम्पिक काउन्सिल (एसओएससी) को सोमबार राजधानीमा बसेको बैठकले आगामी साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । पाकिस्तानले तेस्रोपल्ट साग आयोजनाको जिम्मेवारी लिँदै छ । १३ औं सागको आज हुने समापन समारोहमा पाकिस्तानले १४ औं साग आयोजनाको झन्डा लिनेछ ।

प्रतियोगिता जुन देशले आयोजना गर्ने हो  काउन्सिलको सचिवालय त्यही देशमा हुने भए पनि हाललाई काउन्सिलको सचिवालय नेपालमै राख्ने निर्णय भएको अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ६ महिनाभित्र काउन्सिलको बैठक पाकिस्तानमा आयोजना गरेर १४ औं सागको मिति र आयोजक सहर तोकिने छ । यसअघि पाकिस्तानले सन् १९८९ (चौथो) र २००४ (नवौं) को साग इस्लामावादमा आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार