रुसमा कोरोना अस्पतालमा आगलागी, ५ को मृत्यु

काठमाडौं । कोरोना अस्पतालमा आगलागी हुँदा रुसमा पाँच जनाको मृत्यु भएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार अस्पतालबाट १ सय ५० जनाको उद्धार गरिएको छ । मृत्यु भएका पाँच जना कोरोना संक्रमितको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा राखेर उपचार गरिरहेकाे थियाे ।

अस्पतालमा कति विरामी थिए भन्ने नखुलेपनि अहिलेसम्म १ सय ५० जनाको सुरक्षित उद्धार गरिएको बताइएको छ ।

आधिकारीक रुपमा आगलागीको कारण नखुले पनि रुसको समाचार एजेन्सीका अनुसार भेन्टिलेटरमा भएको सर्टसर्किटबाट आगलागी भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार