नेपालसंगको सीमा विवाद चर्किएको बेला भारतिय प्रधानमन्त्रीले राष्ट्रलाई संवोधन गर्दै


भारत । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई संवोधन गर्दैछन् । अहिले आठ बजेपछी उनले समसामहिक बिषयमा संवोधान गर्न लागेको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री मोदीले हिजो मात्रै देशका सबै मुख्यमन्त्रीसंग करिब ६ घण्टा लामो बैठक गरेका थिए । कोरोना कहरको ५४औं दिनमा मोदीले पाँचौं पटक संवोधान गर्न लागेका हुन ।

मोदीले आफ्नो संवोधनमा जारी लकडाउन सकिना साथ के गर्ने भन्ने बिषयमा सरकारी धाराणा सार्जजनिक गर्ने अनुमान गरिएको छ ।
तर, हिजोको बैठकमा अधिकांस मुख्यमन्त्रीहरुले लकडाउन लम्ब्याउनु पर्ने सुझाव दिएका थिए । भारतमा जारी तेस्रो चरणको लकडाउन मे १७ तारीखमा सकिदैछ ।

नेपालसंगको सीमा विवाद चर्किएको बेला उनको संवोधनलाई नेपालले पनि बिशेष रुपमा हेर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार