झम्सीखेल बैठकको निष्कर्षः ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने


काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालसमुहको ललितपुरको झम्सीखेलमा रणनीतिक छलफल सम्पन्न भएको छ ।
बुधबार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निष्र्कष निकालेको छ । करिब ३ घण्टा बसेको बैठकमा सहभागी प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एकमतका साथ ओलीविरुद्ध अघि बढ्ने निष्र्कष निकालेका हुन ।

झम्सीखेलको एक होटलमा सम्पन्न बैठकमा सहभागी नेताहरुले भोली बस्ने स्थायी समिति बैठकमा पनि ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद दुबै छोड्न दवाव दिने निर्णय गरिएको एक स्थायी समिति सदस्यले बताए ।

सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधानका लागि गत बुधबारदेखि जारी स्थायी समिति बैठकमा अधिकांस नेताहरुले प्रधानमन्त्री ओलीलाई दुबै पद छाड्न दवाव दिइरहेका छन् ।

प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा संचालित सरकारका कामकाजबारे असन्तुष्टी जनाउँदै अधिकांस दुबै पद छाड्न दवाब दिदै आएका हुन । तर, प्रधानमन्त्रीले उक्त कुरा अस्विकार गरेपछि नेकपामा शक्ती संघर्ष उत्र्कषमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार