
काठमाडौं । कोरोना करहकाबीच नेपालमा फेरि सलहको पनि डर बढेको छ । सलहको नयाँ झुण्ड प्रवेश गर्ने सम्भावना बढेपछि सलहको डर बढेको हो ।
अहिले भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेका २ वटा सलहका झुण्डहरु नेपाल प्रवेश गर्नसक्ने बताइएको छ ।
त्यहाँका सलहहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको जानकारी प्राप्त भएको छ । ति सलह नेपाल प्रवेश गरेपछि ठूलो नोक्सान हुने अनुमान गरिएको छ ।
हावाको बहावसँगै सलहको झुण्ड पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रमा आउने सम्भावना छ । त्यसो भएमा नेपालको धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने जनाएको छ ।
यसअघि पनि नेपालमा सलहका सानो सानो झण्डहरु प्रवेश गरेका थिए । ति सलहले नेपालका केही क्षेत्रमा मकैबाली नोक्सान गरेका थिए ।














