
सुर्खेत । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् । गाउँपालिकाको पैसा व्यक्तिगत खातामा राख्ने रुकुम पश्चिमका केसीसति चार जना पक्राउ परेका हुन् ।
उनीसहित भतिजा सुवास केसी, भाइ विकास केसी र भीमसेन केसीलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनीहरु बाहिरबाट ताला लगाएर कार्यालयभित्रै कागजात मिलाउदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
लेखापाल केसी विरुद्ध गएको आर्थिक वर्ष २०७६र७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेको अरोप लागेको छ ।










