वीरगञ्जमा तीन र पाल्पामा १ गरी कोरोनाबाट थप ४ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट वीरगञ्जमा ३ र पाल्पामा १ गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी ६५ वर्षीया महिला, १२ कै ४३ वर्षीय पुरुष र वीरगन्ज २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पाल्पाको तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छन् ।

उनीहरु सबैको कोरोना संक्रमणपछि उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार