काठमाडौं । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यमाका जारी गरिएको निषेधाज्ञाको आज १४ दिन पुगेको छ । निषेधाज्ञामा पनि उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अब कर्फ्यू आदेश जारी गर्न माग गरिएको छ ।
उपत्यका नगरपालिका मेयर फोरमले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने माग गरेको हो । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताएका छन् ।
निषेधाज्ञा जारी गरिएको भएपनि मानिसहरु घर बाहिर निस्किरहेकाले कर्फ्यू बाहेक विकल्पन नभएको उनले बताएका छन् । बरू स्थानीयलाई केही समय सामान किन्न दिएर कर्फ्यू आदेश आरी गर्न सरकारसँग माग गरेका छन् ।