अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना पुष्टि


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनीसँगै अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार