एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रिय नेताहरुको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

खुमलटारमा पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेर कगठबन्धन बैठकमा सहभागि भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार