काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीलेको भनाईप्रति असन्तुष्टि जनाउदै निजी सचिवालयका सबै सदस्यले शनिबार राजीनामा बुझाएका हुन्।
प्रधानमन्त्रीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिनु भन्ने भनाई राखेका थिए । यो भनाई पछि कर्मचारीले प्रधानमन्त्रीले सबैलाई राजीनामा दिन भनेका आफुले राजीनामा बुझाएको बताए ।
सबै कर्मचारीको राजीनामा पछि प्रधानमन्त्री सचिवलाय अहिले कर्मचारी विहिन छ । अब केहि दिनमै नयाँ टिमले काम गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले राम्रो काम गर्न नसकेको भन्दै पार्टीमा आलोचना भएपछि शुक्रबार पनि ओलीले कर्मचारीलाई राजीनामा दिन भनेका थिए ।
तर प्रधानमन्त्रीका सल्लाहकारले भने राजीनामा दिएका छैनन् ।











