कास्कीमा विद्याको अग्रता बढ्दै, ८ हजार मतले आगाडी

पोखरा । कास्‍की २ मा नेकपामा उम्मेदवार विद्या भट्टराईको अग्रता बढ्दै छ । अहिलेसम्म उनी ८ हजार ४ सय २६ मतान्तरले अगाडी छन् ।
प्रतिनिधिसभा सदस्यका भएको उपनिर्वाचनमा अहिले सम्म ११ वडाको मतगणना सकिएको छ । भने अझै ५ वडा वडाको मतगणना बाँकी नै छ ।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार