• महोत्तरीमा एक सातायता ६ जनाको रहस्मय मृत्यु

    महोत्तरी । तराईको जिल्ला महोत्तरीमा एक सतायता ६ जनाको रहस्मय मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भंगाहा नगरपालिकाका ६ जना रहेका छन् । यसअघि ४ जनाको मृत्यु भएको भंगाहामा बिहीबार थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ६ पुगेको हो । बिहीबार मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सुकदेव महारा रह...

  • सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजिपी खनालबिरुद्ध मानवअधिकार आयोगमा अपहरणको उजुरी दर्ता

    काठमाडौं । सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानवअधिकार आयोग पुगेर अपहरणको उजुरी दर्ता गराएका छन् । आफुलाई सत्तारूढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनिहरुविरूद्ध बिहीबार सांसद यादवले आयोगमा उजुरी दर्ता गराएका हुन । "सत्ता र शक्तिका आडमा उनी...

  • लकडाउनका बेला भारतबाट साढे ११ लाख बोकेर आउँदै गरेका युवा पक्राउ

    काठमाडौं । लकडाउनका बेला भारतबाट साढे ११ लाख बोकेर आउँदै गरेका युवा वीरगंजमा पक्राउ परेका छन् । भारतको रक्सौलबाट ना. ६२ प ९५७१ नम्बरको मोटरसाइकल चढेर वीरगञ्जतर्फ आउँदै गरेका वीरगञ्ज महानगरपालिका-१६ इनर्वागाँउका करिब २९ वर्षीय लालबाबु कुमार यादवलाई ११ लाख ५० हजारसहित प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधार...

  • एकै दिन तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

    वीरगञ्ज । नेपालमा थप तीन  जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये दुई जना बारा र  एक जना पर्साका पुरुष हुन् । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति रहेको बताइएको छ । उनीहरुको राष्ट्रिय जन...

  • दुई परिवारबीच भएको झडपमा परी एक महिलाको मृत्यु

    जनकपुर । दुई परिवारबीच झपड हुँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपूर्वा नगरपालिका–८ की ३५ वर्षीया सैदुन खातुन रहेकी छन् । स्थानीय खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा  भएको थियो । सुरुमा बच्चाहरुबीच भएको झगडामा पछि परिवारका अरु सदस्यहरु पनि मिसिएर कुटाकुट भएको प...

  • जनकपुरमा पीसीआर नेगेटिभ देखिएका दुई जनाको काठमाडौंमा पोजिटिभ

    काठमाडौँ । रौतहटका दुई जनाको कोरोना संक्रमण पोजिटिभ देखिएको छ । जनकपुरमा परीक्षण गर्दा नेगेटिभ देखिएका उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । लकडाउनको समयमै भारतबाट चोर बाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरुको कोरोना परीक्षणका लागि स्वाब प्रादेशिक अस्पताल जनकपुर पठ...

  • एकै दिन कोरोना जितेर ४ जना घर फर्किए, निको हुनेको संख्या १६ पुग्यो

    काठमाडौं । कोरोना भाइरस जितेर एकैदिनमा चारजना घर फर्किएका छन् । निको हुनेमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका रौतहटका १९ बर्षीय पुरुष १२औं दिनमा र अन्य तीन जना भारतिय पुरुष १५औं दिनमा निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ...

  • र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ देखिएकी युवतीको मृत्यु

    वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा तीन पटक कोरोना पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया एक युवती रहेकी छन् । उनको आरडीटीमा कोरोना पोजिटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रादेशिक अस्पताल पठाइएको छ । तर त्यहाँको रिर्पोट नआउ...

  • दुई जना नयाँ सक्रमित थपिएसँगै नेपालमा सक्रमितको संख्या ५१ पुग्यो

    वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ । उनीहरु मध्ये एक जना छपकैया महानगरको सरसफाई शाखामा कार्यरत कर्मचारी रहेका छन् । यसअघि उक्त ठाउँमा भारतीय जमातीहरुको...

  • जनकपुरमा पीसिआर परीक्षण स्थगित, परीक्षण मेसिनमाथि नै शंका

    जनकपुर । कोरोना भाइरसको स्वाब परीक्षण हुँदै आएको प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण स्थगित गरिएको छ । कोरोनाको रिपोर्टमा तलमाथि भएपछि परीक्षण स्थगित गरिएको हो । प्रादेशिक अस्पतालका चिकित्सकहरुले स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका गरेका छन् । प्रादेशिक अस्पतालमा चेक गर्दा नेगेटिभ आएको रिपोर्ट काठमाडौंमा परीक्षण ग...