काठमाडौं । काठमाडौंको बुद्धनगरमा रहेको गौरीशंकर फर्निचर उद्योगमा भीषण आगलागी हुँदा ५ करोड बराबरको क्षति भएको छ । दिउँसो करिब साढे ३ बजे फर्निचरको गोदाममा एक्कासी आगलागी भएको महानगरीय प्रहरी बृत्त वानेश्वरले जनाएको छ ।
आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
राजु कार्कीले संचालन गरेको उक्त फर्निचर उद्योगमा भिषण आगलागी भएपछि छेउछाउमा घरमा क्षती नपुगोस भन्नका लागि सुरक्षाकर्मीले सावधानी अपनाएको थियो । आगलागीबाट फर्निचरमा रहेका सामानहरु जलेर नष्ट भएको छन ।
आगलागीको कारणबारे थाहा हुन नसकेको प्रहरीको भनाई छ ।