
काठमाडौं । एक जना सैलुन संचालक सोमबार बिहान मृत भेटिएका छन् । बाराको निजगढ घर भई काठमाडौंकाे बुद्धनगरमा सैलुन संचालक गदै आएका ३५ वर्षीया अशोक ठाकुर मृत भेटिएका हुन् ।
उनले बुधनगरमा ९ वर्षदेखि मनकामना हेयर ड्रेसर नाम दिएर सैलुन सञ्चालन गर्दै आएका थिए । अत्याधिक मदिरा सेवन गर्ने ठाकुर सटरमै मृत भेटिएका प्रहरीले जनाएको छ ।
उनको पोष्टमाटमका लागि शव टिचिङ अस्पतालमा राखिएकाले मृत्युको कारण अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ ।












