आजबाट मलमास सुरु के गर्न हुन्छ, के गर्न हुँदैन (सूचिसहित)


काठमाडौं । आजबाट मलमास सुरु भएको छ । एक महिनासम्म चल्ने मलमासमा केही कामहरु गर्न नहुने धार्मिक विश्वास रहिआएको छ ।

असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । यो वर्ष एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।

सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ । यो वर्ष सोही गणनाक्रम अनुसार असोज २ गतेदेखि मलमास मनाउन लागिएको हो ।

मलमासमा गर्न हुने कुराहरु
– नित्य कर्म
– नियमित गरिँदै आएको व्रत
– निस्काम भावले गरिने बिहानी सत्संग
– विष्णुको स्तुति र कीर्तन
– न्वारन, पास्नी
– दैनिक उपभोग्य सामाग्री खरिद

मलमासमा गर्न नहुने कुराहरु

– कुनै पनि काम्य कर्म गर्न हुँदैन
– मुहूर्त जुराएर गर्ने काम केही पनि गर्नु हुँदैन
– गृह प्रवेश
– नयाँ चीर्थको यात्रा गर्न
– नयाँ व्यवसाय सुरु गर्न
– नयाँ व्रतको सुरुवात गर्न हुँदैन
– नयाँ संरचना निर्माणको थालनी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार