काठमाडौं । कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । देशभर ४ महिला र ५ पुरुष गरी थप ९ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ५९, ६० ललितपुरका ६७ र नवलपरासीपूर्वकी ७७ वर्षीया महिला, तेर्हथुमका ३१, सुनसरीका ६४, ललितपुरका ६१, ७७ र चितवनका ७० वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।