
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेघाट गरेका छन् ।
बालेनले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेघाट गरेका हुन्। मेयरमा निर्वाचित भएपछि बालेनले पहिलो पटक प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले बालेनलाई महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
महानगरको फोहोर व्यवस्थापनमा हरेक उपाय लगाएर समस्या समाधान गर्न र त्यसमा सरकारको तर्फबाट सम्पुर्ण सहयोग हुने समेत देउवाले बालेनलाई बताएका छन् । भेटमा बालेनले महानगरमा कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
भिडियो पनि हेरौं











