कौशालटारमा आगलागी लाखौ बराबरको क्षति

काठमाडौं । कौशालटारको एक फर्निचरमा गएराति आगलागि भएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका  ३ – कौशलटारमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा आगलागी भएको हो ।
गएराति सवा ११ बजेतिर लागेको आगो विहान ४ बजेतिर नियन्त्रणमा लिइएको थियो । डाँफेटोलका स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको फर्निचर आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ । उद्योगसँगै राजु श्रेष्ठको चार तले पक्की घरको पछाडिपट्टी पनि आंशिक क्षति पुगेको बताइएको छ ।
आगलागिबाट मानवीय क्षति नभए पनि लाखौं मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ । अगालागिबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।
आगो नेपाल प्रहरी, नेपाली सेनाको बिरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी दुवाकोटको टोली र स्थानीयबासीले नियन्त्रणमा ल्याएका थिए । आगो निभाउन काठमाडौं, ललितपुर, भक्तपुर, नेपाली सेना र नेपाल प्रहरी समेतका ७ वटा दमकल प्रयोग गरिएका थिए । आगो के कारणले कसरी लागेको थियो भन्ने विषय भने अझै अुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार