काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औं स्मृति दिवसमा बोल्दै उनले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका हुन् ।
जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध फेरि एकपल्ट संघर्ष गर्नुपर्ने स्थिति आएको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेकाले त्यसकाविरुद्ध लड्नु पर्ने समय आएको समेत बताए ।
दशबर्षे जनयुद्धलाई संसद र सरकारमा रहेकाहरुले पटक पटक अपमान गरिरहेकाले त्यसका विरुद्ध संघर्षको संकल्प गर्नु नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनले बताए । संविधानमा जनयुद्धलाई जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर प्रष्टसंग लेखेको भएपनि प्रतिक्रान्तिका मतियारहरुले हिंसा नेर पटक पटक अपमान गर्न खोजेको न्दै प्रचण्डले आक्रोष पनि पोखे ।
‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’, प्रचण्डले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ’, प्रचण्डले भने ।
बिशेषगरी एमालेले जनयुद्धलाई पटक पटक हिंसा भनेर अपमान गर्दै आएको छ । केहि दिनअघि संसदमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्दै अपमान गरेका थिए भने त्यसपछि स्वयम् प्रधानमन्त्री केपी ओलीले पनि जनयुद्धलाई संविधानमा नभएको शव्द हिंसा न्दै अपमान गर्दै आएका छन्।