यसरी हटाउन सकिन्छ पसिनाको गन्ध, उपनाउनुहोस् यस्ता उपाए

काठमाडौं । सामान्यतया पसिना सबैको आउछ । चिसोमा भन्दा गर्मीमा धेरै मानिसलाई पसिनाले हैरान बनाउँछ । पसिनासँगै गनाउने पनि भएकाले यो समस्या धेरैलाई हुन्छ ।

पसिनाको गन्ध हटाउनका लागि अनेक सेन्ट र पर्फ्युम लगाएपनि गन हट्दैन । कसैलाई धेरै पसिना आउनु रोग हो भन्ने पनि लाग्न सक्छ तर, धेरै पसिना आउनु कुनै पनि किसिमको रोग नभएको स्वास्थ्यकर्मीले बताउछन् ।

धेरै पसिना आउनु कुनै स्वास्थ्य समस्या नभएपनि पसिनाको ग्रन्थीमा गडबडी, तनाव, हार्मोनमा गडबडी, बढी मसाला भएको खाना, बढी औषधि सेवन, मौसम तथा मोटोपनाका कारण हुन सक्छ ।

बढी पसिना आउने स्थितिलाई ‘हाइपरहाइड्रोसिस’ भनिन्छ। बढी पसिना आउने मानिसलाई डिहाइड्रेसन या नुनको कमी हुने जस्ता समस्या निम्तन सक्छ ।

तपाईलाई धेरै पसिना आउछ भने लसून, प्याज, ब्रोकाउली, बन्दा र काउली कमै खाएको राम्रो । पसिनाको अर्को मुख्य कारण भनेको रक्सी पनि हो । तपाई धेरै रक्सी दिनभरि तपाईंको शरीर गनाउँछ ।

के गर्ने त ?

हरेक दिन एक कप गोलभेंडाको जुस सेवन गर्नाले बढी पसिना आउने समस्याबाट राहत मिल्छ । त्यसैगरी ग्रीन टी नियमित रुपमा पिउनाले स्वास्थ्य राम्रो हुनुका साथै पसिनालाई पनि नियन्त्रित गर्छ।

धेरै पानी पिउदा पनि पसिनाको दुर्गन्धबाट छुटकारा मिल्छ । स्ट्रबेरी, अंगुर, बदामजस्ता फलफूलमा सिलिकन बढी हुनाले पसिना पनि धेरै बन्छ ।
तपाईले घरेलु उपाए अपनाएर पसिना आयने समस्या समाधान गर्न सक्नुहुन्छ । यति गर्दा पनि तपाईको पसिना कम भएन र धेरै पसिनाले हैरान हुनुहुन्छ भने एकपटक स्वास्थ्यकर्मीसँग सल्लाह गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार